उपकार अनलाइन, सैनामैना ।
सैनामैना व्यापार संघको आयोजनामा सैनामैनामा जारी पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको अवलोकन गर्ने दर्शकको सख्या बढ्दै गएको छ । महोत्सवको आज पाचौं दिन सम्म आइपुग्दा हिजो शनिबार अन्य दिनको तुलनामा दर्शकको संख्या बढेको मूल आयोजक समितिका संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो ।
आज आइतवार राष्ट्रिय लोक तथा दोहोरी गायिका पूर्णकला बि.सी, राष्ट्रिय लोक तथा दोहोरी गायक खेम सेन्चुरी, हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खेबां), गायक दुर्गा पौडेल र टप सोनी डान्स गुप्रको समेत बेजोड प्रस्तुति रहने सास्कृतीक संयोजक चाम वहादुर क्षेत्रीले बताउनुभयो ।
महोत्सवमा सञ्चालित डान्सिङ आईडल २०७९ मा शनिबार ८ जना प्रतिस्पर्धी अघिल्लो चरणका लागि छनोट भएका छन् । शनिबार एक जना प्रतिस्पर्धी बाहिरीएसँगै ८ जना अर्को चरणमा प्रवेश गरेका हुन् । निर्णायक र दर्शकको भोटिङको आधारमा कम मत प्राप्त गर्ने प्रतियोगी दैनिक रुपमा एक एक जना बाहिरिएका छन् । सैनामैना २ कालिकाचोकमा चलिरहको मेला फागुन २८ गते सम्म सञ्चालन हुनेछ ।