गजल: झन पछि झन रिणमा डुब्दा…

गजल !

झन पछि झन रिणमा डुब्दा अन्तिम भार कस्तो होला,
यो देशलाई बलियो बनाउने राम्रो आधार कस्तो होला।

जसलाई पठाउँछौ शुरक्षाका लागी त्यही दलाल हुन्छ,
आखिर देशलाई अखण्ड राख्ने सरकार कस्तो होला।

मुखले बिरोधगर्छन् संघियताको व्यबहारमा सिट रोजे,
हेर्न चाहन्थे जनताले पनि इन्को व्यबहार कस्तो होला।

भन्छन् क्रान्तिगर्छौँ उठाउँछन् राता(राता झण्डा सबैले,
यिनैको हातमा आए क्रान्तिकारी औजार कस्तो होला।

आपसमा पानी बाराबार गर्छन् बर्गिय लडाई लड्नेहरू,
क्रान्तिकारी कार्यभार बुझ्ने असली औतार कस्तो होला।

आपसमै बोलि बाराबारहुन्छ भन्छन कामरेड आफैलाई,
देख्न बांकीनै छ इनको समाजवादी संसार कस्तो होला।

सुरेशकुमार पान्डे

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation