
उपकार अनलाईन, सैनामैना ।
सैनामैनामा संचालित पाचौ ब्यारपार मेलामा स्थानिय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । मेलामा स्थानिय स्तरबाट उत्पादन भएको बासको फर्निचर, थाकलबाट बनेको टोपी झोला एवं ढाकाबाट निर्मित कपडाहरु पाउन सकिन्छ । त्यस्तै मेलामा स्थानिय स्तरबाट उत्पादन भएको बिभिन्न प्रकारको अचारहरु समेत पाउन सकिन्छ । स्थानिय दुध जन्य उत्पादनहरुले दर्शकको ध्यान आर्कषण गरेको पाईन्छ । बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गरेको आयोजक संस्थाले बताएको छ ।
फागुन १७ देखी २८ गतेसम्म सैनामैनामा पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सव–२०७९ सञ्चालनमा आएको छ । सैनामैनाको भौगोलिक,सामाजिक, आर्थिक, तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै सन्तुलित र समन्यायीक विकासमा महत्वपूर्ण सफलता हासिल गरेसंगै सैनामैनाको मुहार विस्तारै फेरिदै गएको र त्यसलाई विस्तार गर्न महोत्सव एउटा माध्यम हुने सैनामैना व्यापार संघको दाबी छ । सैनामैना नगरपालिकाले दिईएको सिप मुलक तालिमको सदुपयोग गर्दै स्थानिय महिलाहरुले यस्ता बस्तुहरु उत्पादन गर्दै आएका छन । स्थानिय महिलाहरुले आफै उत्पादन गरेका सामाग्रीहरु सैनामैना व्यापार संघले आयोजना गरेको महोत्सवको स्टलमा देख्न सकिन्छ ।
स्थानिय उत्पादन र व्यवसायीलाई अगाडि बढाउने उद्देश्यले व्यापार मेलाको आयोजना गरिएको मेला आयोजक मुल समिति संयोजक सुरेन्द्र पौडेलले बताउनु भयो । मेलाले स्थानिय उत्पादन र व्यसायीको प्रवद्र्धन र संरक्षण हुने बिश्वास समेत रहेको संयोजक पौडेलको दाबी छ । शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापारका क्षेत्रमा तयार पारिएका आधारशीलाको कार्यान्वयन गर्दै समृद्ध सैनामैना निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने उद्देश्यले सैनामैना ब्यापार संघ केन्द्रित रहेको समेत पौडेलको भनाई थियो । सार्वजनिक निजी साझेदारीमा “समृद्ध सैनामैना, खुसी र सुखी सैनामैना बासी”को लक्ष्य साकार पार्न सकिने सोंचका साथ सोही अनुरुपका कार्यक्रम तयार पारिएको पौडेलको भनाइ छ ।
के के छन त स्थानिय उत्पादनहरु मेलामा ?
बासबाट निर्मित बिभिन्न सामाग्रीहरु :
मेलामा बासबाट बनेको टेवल, कुर्र्र्र्र्ची, मुढा, कोठा सजावटका सामाग्री पाउन सकिन्छ । स्थानिय महिलाहरुले नगरपालिकाले बिगतमा दिईएको सिप मुलक तालिमको सदुपयोग गर्दै बासका सामाग्री निर्माण गरी मेलामा बिक्री बितरणका लागी राखिएको छ । मेला स्टलमा बासबाट बनेको घरायसी तथा सजावटका समान पाउन सकिने स्थानिय महिला व्यवसायी जौमाया श्रेष्ठ बताउनु हुन्छ । सामाग्री अनुसार रु १०० देखी रु २५०० सम्म ति सामाग्री पाउने सकिने वास व्यवसायी पुजा थापा बताउनु हुन्छ ।
ढाकाबाट निर्मित बिभिन्न पोशाक तथा जुत्ता चप्पल :
स्थानिय महिलाहरुले निर्माण गरिएको झोला, जुत्ता, चप्पल, गुन्यू चोली एवं ढाका र तानबाट उत्पादन गरिएको नेपाली पहिरनहरु पाउन सकिन्छ । बालबालिका, महिला तथा बिभिन्न जातजातिका पहिरनहरु समेत मेला स्टलमा पाउन सकिन्छ ।
थाकलबाट निर्मित सामाग्री :
स्थानिय महिलाहरुले उत्पादन गरिएको थाकलका बिभिन्न सामाग्रीहरु मेला स्थलमा पाउन सकिन्छ । थाकलबाट बनेको टोपी, झोला एवं घरायसी प्रयोगका बिभिन्न सामाग्रीहरु पाउन सकिने स्थानिय थाकल ब्यवसायी प्रिया थापा बताउनुहुन्छ । स्थानिय जंगलबाट थाकल संकलन गरी महिलाहरुले उत्पादन गरिएको थाकलबाट निर्मित बिभिन्न सामाग्रीहरु मेला स्टलमा बिक्री गद्रै आएको समेत थापाले बताउनु भयो ।
बिभिन्न प्रकारका अचारहरु:
मेलामा स्थानिय स्तरबाट उत्पादन भएको विभिन्न प्रकारका अचारहरु समेत उपलब्ध छ । घरमै बनाए जस्तै गरी अचार बनाईएको अचार व्यवसायी शोभा खत्री बताउनु हुन्छ । मेला स्टलमा मिक्स, खुर्शानी, कागती लगायतका अचार एवं छोप पाउन सकिन्छ ।
गुडिया तथा खेलौनाहरु:
सैनामैना ब्यापार संघ संचालन गरेको मेलामा स्थानिय महिलाहरुले उत्पादन गरिएको गुडिया तथा खेलौनाहरु पाउन सकिन्छ । सैनामैना नगरपालिकाले संचालन गरेको सिप मुलक तालिममा सहभागी भए पछि गुडिया तथा खेलौनाहरु उत्पादन गर्दै आएको गुडिया ब्यवसायी राधा परियार बताउनु हुनछ ।
दुग्ध जन्य उत्पादनहरु:
मेलामा स्थानिय डेरीबाट उत्पादन गरीएका बिभिन्न प्रकारका दुग्ध जन्य उत्पादनहरु समेत पाउन सकिन्छ । स्थानिय उत्पादनले मेलाको आकर्षक बढाएको स्टल ब्यवस्थापन समिति संयोजक देवीदत्त सुबेदीले बताउनु भयो । कृषि तथा बिभिन्न प्रबिधिका स्टलहरु समेत मेलामा राखिएको समेत सुबेदीले जानकारी गराउनु भयो ।
सहकार्यका लागि नगरपालिका तयार छ : मेयर
सैनामैनाका मेयर फणेन्द्रप्रसाद शर्माले महोत्सवको सफलताको कामना गर्दै समन्वय, सहकार्य र सहजीकरण गर्दै आएको बताउनु भयो । उहाँले सफलताको कामना गर्दै मेला महोत्सवमा स्थानीय उत्पादन, कला, संस्कृति र सभ्यतालाई महत्व दिईएकोमा खुशी लागेको बताउनु भयो । ‘हाम्रो कला, सस्कृति र परम्पराको प्रदर्शन गरेर पछिल्लो पुस्तामा हस्तान्तरण गर्न स्थानिय मेलाले ध्यान दिन जरुरी छ,मेयर शर्माले भने–नेपाली मौलिक परम्परालाई नयाँ पुस्ताका लागि चासो दिने बनाउन जरुरी छ ।’ नगरको पहिचान विस्तार र समृद्धिको अभियानमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रमुख शर्माले सोही अनुरुप आफुहरु सहकार्य गर्न तयार रहेकोमा जोड दिनुभयो ।
चित्र बहादुर कार्की : सस्थापक मेयर सैनामैना नगरपालिका
बिगतमा महिलाहरुलाई नगरपालिकाले दिईएको सिपमुलक तालिमको प्रतिफल देखिदै आएको सैनामैनाका संस्थापक नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । महिलाहरुलाई आत्मा निर्भर बनाउने योजना सैनामैना नगरपालिकाले सुरु देखि नै बजेत बिनियोजन गरेर तालिम संचालन गर्दै आएको जसको फल स्वरुप अहिलेको स्थानिय महोत्सवमा देख्न सकिने समेत कार्कीको भनाई थियो । उहाले मेला, महोत्सवका माध्यमबाट कृषि उत्पादकत्व बढाउन, विविधकरण गर्न र त्यसैका माध्यमबाट आयआर्जनका कार्यक्रमलाई प्रभावकारी बनाउन सकिनेमा जोड दिए ।
बिना राना: उपप्रमुख सैनामैना नगरपालिका
महिलाहरुलाई आत्मा निर्भर बनाउन संचालन गरिएको तालिमको प्रभावकारिता देखिन थालेको सैनामैनाका उपप्रमुख विना रानाले बताउनु भयो । भब्य महोत्सवमा स्थानिय महिलाहरुको उत्पादन देखिनुले अत्यान्त खुशी लागेको उपप्रमुख रानाको भनाई थियो । नगरपालिकाले महिला उद्यमशीलताको विकास र प्रवद्र्धन हुनेगरी कार्यक्रम बनाउदै आएको बताउनु भयो । उहाले महिला मार्फत सञ्चालित विभिन्न प्रतिष्ठानहरु यस क्षेत्रमै अब्बल रहेको र समाज सुधारमा पनि विशेष नेतृत्वदायी भूमिका रहेको बताउँदै महत्वपूर्ण स्थान दिनुपर्ने बताउनुभयो । मेला महोत्सवमा उपभोक्ताको हित र स्वास्थ्यलाई ख्याल गर्न जरुरी रहेकोमा समेत उहाको भनाई थियो । मेलामा गुणस्तरीय खाध्य पदार्थ र अन्य बस्तुहरुको समेत उपभोक्ताको हितमा हुनुपर्ने बताउनु भयो ।
स्थानिय उत्पादनहरु :