
उपकार अनलाईन, सैनामैना ।
सैनामैना महोत्सवको छैठौं दिन भोली चर्चित लोक तथा दोहोरी गायक प्रकाश पराजुली, लोक तथा दोहोरी गायिकाहरु सुमन थापा मगर, शिलु भट्टराई र रेनुका भट्टराईको प्रस्तुति रहने मेलाका साँस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीले बताउनुभयो ।
“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सञ्चालित मेलामा सैनामैना डान्सिङ्ग आइडल, मम्मी डान्स आईडल र टप सोनी गुप्रको धमकेद्धार प्रस्तुति समेत रहने अतिरिक्त क्रियाकलाप संयोजक चन्द्र प्रकाश वनले बताउनुभयो ।