आज कपिलवस्तु सहित तराई–मधेशका जिल्लामा होली मनाइदै

काठमाडौं । तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ।

पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि फागु पर्व सम्पन्न हुन्छ। तरार्ई मधेशमा भने पूर्णिामाको राति होलिका दहन गरेपछि भोलिपल्ट होली मनाइन्छ।

पुराणका अनुसार भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ।

तराईमा रंग अबिर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ। होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा मंगलबार सार्वजनिक बिदा दिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation