बुद्ध स्कुलमा कक्षा ९ द्वारा १० का बिद्यार्थीलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

उपकार अनलाइन सैनामैना ।

सैनामैना ७ मा रहेको बुद्ध इङलिस स्कुलमा सोमबार शुभकामना तथा विदाई कार्यक्रम गरिएको छ । विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा दशका अध्ययन गर्ने विद्यार्थीलाई शुभकामना सहित विदाइ गरेका हुन ।
विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि कक्षा ९ का विद्यार्थीहरुले उक्त कार्यक्रम गरेका हुन ।

सो अवसरमा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेलले अध्ययन र परिक्षाको समयमा कुनै समस्या आइलागे आफू सहयोगको लागि सधै तत्पर रहने कुरा प्रतिबद्धता जाहेर गर्नुभयो ।

त्यसैगरी प्राचार्य लेखनाथ गैरेले सत प्रतिशत बिद्यार्थीहरु राम्रो ग्रेडमा उत्तीर्ण भई आउँदै गरेको एसईई परिक्षामा ए प्लसु ग्रेड ल्याई विद्यालयको गरिमा उच्च बनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । पढाइसंगै आफ्नो स्वास्थको समेत ख्याल गरि अघि बढ्न आग्रह गर्दै प्राचार्य गैरेले विद्यार्थीहरुलाई एस।ई।ई परीक्षाको सफलताको शुभकामना दिनुभयो ।

विद्यालयको शिक्षक संयोजक प्रकाश अर्याल र सह प्राचार्य शुकदेव ज्ञवालीले शुभकामना मनतव्य व्यक्त गर्दै आउँदै गरेको एस.ई.ई परिक्षाको सफलताको शुभकाकामना व्यक्त गर्नुभयो । साथै, उहाँहरुले विद्यालयबाट विदाईको घडिलाई एउटा दुःखद क्षणको रुपमा नलिई नयाँ अवसरको आयाम र आफूलाई प्रगतिको दिशातर्फ मोड्नुपर्ने समयको रुपमा लिएर अघि बढ्न समस्त विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।

त्यस्तै कक्षा १० का विद्यार्थी प्रतिनिधिको रुपमा छात्रहरु सौरव पोखरेल र सुरज पन्तले आ(आफ्नो मनतव्य मार्फत बिद्यालय प्रतिको माया ब्यक्त गरे । उनीहरुले एस।ई।ईमा विद्यालयले अपेक्षा गरे अनुरुपको नतिजा ल्याउनको लागि हरसम्भव प्रयासरत रहने प्रतिवद्वता जाहेर पनि गरे ।
कार्यक्रममा कक्षा नौ र दशका बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरि रमाइलो प्रदान गरेका थिए ।
भने कक्षा नौ का बिद्यार्थीहरुले दशका विद्यार्थीलाई मायाको चिनो प्रदान गरेका थिए । कक्षा दशका बिद्यार्थीले पनि बिद्यालय र शिक्षकलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा कक्षा ९ मा अध्यनरत छात्र दिनेश बि क को अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोख्रेल प्रमुख आतिथ्यता , बिद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम सागर शर्मा , चन्द्र प्रकाश वन , प्राचार्य लेखनाथ गैरे , सह प्राचार्य शुकदेव ज्ञवाली , शिक्षक संयोजक प्रकाश अर्याल , अतिरिक्त कृयाकलाप संयोजक बालकृष्ण घिमिरेको विशिष्ट आतिथ्यता, कक्षा १० का सम्पूर्ण विद्यार्थीहरु, विद्यालयका शिक्षक कर्मचारी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम कक्षा ९ का छात्र रोशन थारुको स्वागत र सुमित खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation