प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतथमा रिट दर्ता गरेका हुन् । १ माघ २०७३ मा टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी लिने प्रचण्डको अभिव्यक्तिलाई समेत आधार मानेर मुद्दा दायर गरिएको हो । प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी छानबिन प्रक्रियाअघि बढाउन माग गर्दै ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् ।

यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दरपीठ गर्ने निर्णयलाई गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले आफ्नै प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै निवेदन दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार मंगलबार रिट दर्ता भएको हो । रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ ।सशस्त्र द्वन्द्वकालमा बर्बरतापूर्ण हत्त्या गरिएकाहरुका पक्षमा परमादेश जारी गर्न माग गर्दै प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न आन्तरिम आदेश समेत मागिएको छ ।

“प्रचण्डको हामी निवेदकहरु समेतको परिवारको सदस्य मारेको स्वीकारोक्तियुक्त आपत्तिजनक अभिव्यक्ति ९भाषणको ट्रान्सकृष्ट० सूचना सञ्जाल युटयुटव तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा हालसम्म प्रसारित–प्रकाशित भैरहेका हुनाले निजलाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउनु– नबढाएमा पीडितलाई अपुरणीय क्षति पुग्न जाने विधिको शासन माथि प्रश्न चिन्ह उठ्ने सुविधा र सन्तुलनको मान्यता विपरित पनि हुने भएकोले० भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाऊँ,” रिटमा भनिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation