उपकार अनलाइन, सैनामैना ।
सैनामैना व्यापार संघको आयोजनामा सैनामैनामा जारी पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज बुधवार लोक तथा दोहोरी गायक वद्रि पंगेनी, श्याम राना, श्रीधर अधिकारी, गायिका आरती रुचाल र टप सोनी डान्स गुप्रको समेत बेजोड प्रस्तुति रहने सास्कृतीक संयोजक चाम वहादुर क्षेत्रीले बताउनुभयो ।
यता महोत्सवमा सञ्चालित डान्सिङ आईडल थप रोमान्चक बन्दै गएको छ । अव डान्सिङ आइडल तर्फ ५ जना प्रतियोगी छन् । फागुन २८ गते सैनामैनाले
पाचौं सैनामैना डान्सिङ आइडल पाउने छ । मेला सकिन अव मात्र ४ दिन बाकी छ । मेलामा दिन प्रतिदिन दर्शकको भिड बढ्दै गएको छ ।