
सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा क्याम्पसमा विगतकाल देखि सकृय रहेको अनेरास्ववियुले ११३ औं नारी दिवसको अबसरमा क्याम्पसमा सेनेटरी प्याड सहयोग गरेको छ ।
महिलाहरुलाई महिनावारीको समयमा क्याम्पस हाता भित्र केही समस्या नहोस् भन्ने उद्देश्यका साथ सेनेटरी प्याड सहयोग गरिएको कमिटीले जानकारी दिएको छ ।
सेनेटरी प्याड सहयोग कार्यक्रम अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी कोषाध्यक्ष सुमित सापकोटा , सहसचिव प्रकाश न्यौपाने , क्याम्पस कमिटी अध्यक्ष शिव न्यौपानै , क्याम्पस कमिटी सचिव बिमल न्यौपाने जिल्ला , नगर एवम क्याम्पसका अन्य पदाधिकारीहरुको उपस्थितिमा क्याम्पस प्रमुख हेमबहादुर थापालाई हस्तान्तरण गरिएको हो ।