शान्तिसमाज कपिलवस्तुद्धारा नारी दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न

उपकार अनलाइन, कपिलवस्तु ।
मानव अधिकार तथा शान्तिसमाज कपिलवस्तुले ११३ औ नारी दिवसको अबसरमा दिप प्रज्वलन तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुको जितपुर चोकमा भएको कार्यक्रममा सस्थाका कपिलवस्तु शाखा सभापति माधव घिमिरेको अध्यक्षता र सचिव बुद्धिसागर वेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो ।

No description available.

लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिला पहुँच बिस्तार’ भन्ने मुल नारा सहित बुधवार देशैभरी विभिन्न संघ सस्थाद्धारा नारी दिवस मनाउने क्रममा मानव अधिकार तथा शान्तिसमाज कपिलवस्तुले पनि ११३ औ नारी दिवस मनाएको हो । नारी दिवसको अवसरमा महिलाका हक अधिकार सुनिश्चित गर्नुपर्ने तथा नारी पुरुषलाई वरावर अधिकार गर्नुपर्ने सस्थाकी कोषाध्यक्ष सीता मल्लले वताउनुभयो । यस्तै कति महिलामाथी हिंसाभएको र उनिहरुले डरले बाहिर ल्यान नसकेको भन्दै आगामी दिनमा महिला माथी हुने शोषणमा दोषीलाई कडा कार्वाही गर्न जोडजार माग गर्नुभयो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation