सैनामैनामा एक युवतीले गरिन आत्महत्या

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका २ कालिकाचोकमा १८ बर्षीया युवतीले आत्महत्या गरेकी छिन । दिदी भिनाजुसंग बस्दै आएकी अनिसा नेपाली नाम गरेकी ती युवतीले शुक्रवार विहान करिव १० बजेतिर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बुटवल घर भएकी ति युवती विगत केही समयदेखि सैनामैनामा बस्दै आएकी थिईन । सैनामैना नगर क्षेत्रमा विगतको बर्षदेखि नै आत्महत्याका घटनामा बृद्धि हुँदै आएको छ ।
आत्महत्याको कारण बारे केही थाहा नभएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation