बाणगंगामा हिजो देखि सुरु भएको मेयर कपमा आज वडा नम्बर ८ र १० विजयी

कपिलवस्तु । बाणगंगा नगरपालिकामा हिजो विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नः ८ र वडा नः १० विजयी भएका छन ।

आज भएको पहिलो खेलमा वडा नः ८ ले वडा नः ११ लाई ४-० गोल अन्तरले हराएको छ । सो खेलमा रविन क्षेत्री म्यान अफ दि म्याच घोसीत भएका छन । त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नः १० ले वडा नः ५ लाई १-० ले हराएको छ । जुन खेलमा निरज चौधरीले म्यान अफ दि म्याचको उपाधि पाउन सफल भएका छन ।

यसैबिच भोली वडा नः ४ र वडा नः ९ बिचको पहिलो खेल दिउसो १ बजे हुनेछ भने दोस्रो खेल वडा नः २ र वडा नः ६ बिच दिउसो ३ बजे हुने बाणगंगा नगरपालिकाका शिक्षा युवा तथा खृलकुद शाखा प्रमुख खिम बहादुर जिसिले जानकारी दिनुभएको छ । मेयर कपको फाइनल चैत्र १ गते हुनेछ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation