![](https://upakaronline.com/wp-content/uploads/2023/03/333034500_208021421901873_5353274547698514070_n-670x420.jpg)
कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगितामा आज शनिवार वडा नः २ र वडा नः ४ विजयी भएका छन ।
आज भएको पहिलो खेलमा वडा नः ४ ले वडा नः ९ लाई ५-१ गोल अन्तरले हराएको छ । वडा नम्बर ४ को लागि आनन्द राना र आशिष राकाले २ /२ र सार्माथ्य मल्लले १ गोल गर्दै जित दिलाएका थिए भने वडा नम्बर ९ का लागि निरज विकले १ गोल फर्काएका थिए । यि दुई वडा बिच भएको खेलमा आशिष रोका म्यान अफ दि म्याज घोषित भएका थिए ।
त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नः २ ले वडा नः ६ लाई ३-० गोल अन्तरले हराएको छ । वडा नम्बर २ का लािग मनिष पुन, श्याम गुप्ता र मिलन क्षेत्रीले १/१ गोल गरेका थिए । यस खेलमा मिलन क्षेत्रीले म्यान अफ दि म्याचको उपाधि जित्न सफल भएको थिए ।
यसैबिच भोली वडा नः १० र वडा नः ७ बिचको पहिलो खेल दिउसो १ बजे हुनेछ भने दोस्रो खेल वडा नः १ र वडा नः ८ बिच दिउसो ३ बजे हुने बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेस्मी मगरले बताउनु भएको छ । मेयर कपको फाइनल चैत्र १ गते हुनेछ ।