सकियो पाचौं सैनामैना महोत्सव

उपकार अनलाइन, सैनामैना ।

सैनामैनामा जारी पाचौं सैनामैना महोत्सव आइतवार सकिएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता ” भन्ने मूल नारासहित सैनामैना व्यापार संघले फागुन १७ गते देखि  २८ गतेसम्म आयोजना गरेको महोत्सव आज (आइतवार) सकिएको हो ।

समापन समारोहका प्रमुख अतिथि सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले मेलाले आर्थिक रुपमा चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले मेलामा कृषिमा आधारित व्यापार पवद्र्धनमा जोड दिएको भन्दै सैनामैना व्यापार संघ र सैनामैना उद्योग बाणिज्य संघले आलो पालो गरेर लगाउने महोत्सवको खुलेरै प्रशंसा गर्नुभयो । उहाले स्थानीय सरकार सहयोगका लागि सदैव साथमा रहने समेत बताउनुभयो ।

अपेक्षा गरेकोभन्दा र बढी दर्शक आएको बताउँदै महोत्सवले नगरका उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको मेला मूल संयोजक सुरेन्द्र पौडेलले वताए । महोत्सवस्थलभित्र राखिएका स्थानीय उत्पादन, आयातित वस्तु विक्रि भएकोले व्यापारिक दृष्टिकोणले समेत महोत्सव सफल भएको आयोजकले दाबी गरेको छ ।

महोत्सवमा संघका उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा महासचिव हरिलाल न्यौपानेको सञ्चालनमा सम्पन्न भएको । सो अवसरमा विभिन्न विधामा रहेर सहयोग पुर्याउने सबैलाई प्रमाणपत्र र मायाको चिनोमार्फत सम्मान गरिएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation