
कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ ।
आज बुधवार भएको फाइनल खेलमा वडा नम्बर २ लाई १-० ले हराउँदै वडा नम्बर १ ले उपाधि चुम्न सफल भएको हो । वडा नम्बर १ का विशाल अधिकारीले गरेको १ गोल नै निर्णायक गोल बन्न पुग्यो ।
जित सगैँ वडा नम्बर १ ले १ लाख रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको वडा नम्बर २ ले नगद रु ७५ हजार सगँै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
१ गोल गरेर १ नम्बर वडालाई उपाधि जिताउन सफल भएका विशाल अधिकारी नै फाइलन खेलका म्यान अफ दि म्याज भएका छन ।