
सागर वेल्वासे, कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तिव्रता दिएको छ । राजनैतिक दलहरुको क्रियाकलापबाट दिक्क बनेका जनताको लोकप्रिय मतले पछिल्लो आम निर्वाचनमा सबैभन्दा छोटो समयमा चौथो दल वनेको राष्ट्रिय स्वतन्त्र पार्टीले कपिलवस्तुको बाणगंगामा आज संगठन गठन गर्ने लागेको छ।
आज (शनिवार) बिहान १०ः ३० बजे बाणगङ्गा वार्ड नम्बर २ को हिलवर्ट बोर्डिङ स्कुलमा नगर सहित अधिकांश वडा कमिटी गठन गर्ने तयारी भएको रास्वपा कपिलवस्तु जिल्ला संयोजक शिव कुमार सुबेदिले जानकारी दिनुभयो । समग्र जिल्लामै हालसम्मका दलिय क्रियाकलाप बाट बितृष्णा जागेका विभिन्न दलमा आवद्द सक्रिय कार्यकता तथा निस्वार्थ जनताहरुको आशाको खम्बा रास्वपा रहेको स्वतस्फूर्त सम्पर्कमा आएका जनताको जनलहरले देखाएको संयोजक सुबेदिले जनाउनु भएको छ। निस्वार्थ भाबले जोडिन चाहाने सबै आम जनतालाइ घण्टी साथी बनेर आआफ्ना गाउँ,टोल ,वडा , पालिका,जिल्ला स्तरमा नेपालवाद र संबिधानवादको महाअभियान मा जोडिएर अब नयाँ पुस्ताबाट देश र जनतालाइ प्रत्यक्ष परिणाम मुखी समृद्धि ल्याउन रास्वपा लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेलले आग्रह गर्नुभएको छ।
पार्टीको विधि बिधान अनुरुप प्रक्रियामा गएर सबै क्षेत्रमा संगठन बिस्तारलाई अगाडि बढाइने भएकाले जोडिन चाहाना भएका सबैले पार्टीका सबै प्राबधान बुझ्न समेत आग्रह गर्नुभएको छ।आगामी निर्वाचन सम्म अत्यधिक जनता राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएर देशको पहिलो पार्टी बन्नेमा आफू बिस्वस्त रहेको प्रवक्ता पोख्रेल वताउनुभयो।