रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर सर्वोच्च अदालतको आदेशले अध्यक्ष रवि लामिछानेले सांसद र गृहमन्त्री गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation