सैनामैनाको रामापुर क्याम्पसमा करिव ७८ प्रतिशत मत खस्यो, केहि बेरमा गणना हुने

उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा करिब ७८ प्रतिशत मत खसेको छ ।

विहान ८ बजे देखी सुरु भएको मतदानमा अपरान्ह ४ बजे सम्म करिब ७८ प्रतिशत अर्थात् ८ सय ७३ मत खसेकोे प्रमुख निर्वाचन अधिकृत प्रेम पौडेलले बताए । उनका अनुसार क्याम्पसमा कुल ११ सय १५ मतदाता थिए ।

निर्वाचन अधिकृत पौडेलले निकै शान्तिूर्ण तवरले मतदान भएको बताए । अब मुचुल्का भई सर्वदलीय वैठक बसेर गणनाको काम हुने उनको भनाई छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation