उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण

काठमाण्डाै । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट यादवले शपथ लिनु भएको हो ।

गएको ३  गते भएको चुनावबाट उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । जसपाका नेता रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै चुनाव जित्नु भएको थियो ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल अस्ति शनिवार सकिएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation