
कपिलवस्तु । बाणगंगा नगरपालिका ७ मा भोली देखि वडा स्तरिय १९ वर्ष मुनिको क्रिकेट प्रतियोगित हुने भएको छ । वडा नम्बर ७ को बालसञ्जालको आयोजना तथा वडा नम्बर ७ को सहआयोजनामा हुन लागेको क्रिकेट प्रतियोगिता भोलि शनिवार देखि शोमवार सम्म चल्ने बालसञ्जालका अध्यक्ष अमृत गिरीले उपकार अनलाइन सँग बताउनु भएको छ ।
अहिले देशले क्रिकेटमा राम्रो सफलता प्राप्त गरिरहेको स्मरण गर्दै युवा पुस्तालाई खेल सगँ जोडेर वडालाई खेलको क्षेत्रमा माथि उठाउनको लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएके गिरीले बताउनु भएको छ ।
भोली देखि सुरु हुन लागेको खेलमा वडाका विभिन्न ६ टिमको सहभागिता हुने जनाइएको छ । प्रतियोगितमा टिम दर्ता निशुल्क रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार, दोस्रो हुनेले ५ हजार सङ्गै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।