लघुबित्त आत्मनिर्भर बनाउने सारथि भन्दै भैरहवामा शान्तिपुर्ण र्याली

भैरहवा । ग्लोबल मनि विक २०२३ अन्तरगत रुपन्देहीको भैरहवामा बित्तीय साक्षरता एवम गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । चैत १० गते शुक्रबार सन्चालन भएको वित्तीय साक्षरता तथा गाेष्ठी कार्यक्रम रुपन्देही जिल्लाकाे देवदह नगरपालिका शङ्खरपुरमा सम्पन्न भएको हो । लघुबित्तलाई आत्मनिर्भरको सारथि हो भन्ने सन्देश प्रवाह गर्न उक्त कार्यक्रम आयोजना गरिएको आयोजक उन्नति लघुबित्त बित्तिय सहकारी संस्थाले जनाएको छ ।

उक्त कार्यक्रममा बैंक तथा वित्तीय सस्था हामीलाई चाहिन्छ, बैंक तथा वित्तीय सस्था हामीलाई आत्मानिर्भर बनाउने साथी हाे भन्ने नाराका साथ समुहका दिदिबहिनीहरु शान्तिपूर्ण र्यालीमा समेत निक्लिनु भएको थियो । कार्यक्रममा बाेल्दै दिदीबहिनीहरुले आफुहरु लामाे समयदेखि लघुवित्त सस्थाहरुकाे सदस्य भई पटक पटक धितो रहित कर्जा लिएर आर्थिक लाभ लिएको, लघुवित्त संस्थाहरुकाे धितो रहित कर्जा सहयोगले गर्दा आफुहरु उद्धमी बन्न,स्वराेजगार बन्न र आत्मनिर्भर हुनमा ठूलाे भुमीका रहेकाेले आफुहरु लघुवित्त सस्थाहरु प्रती सधा सकारात्मक रहने र अरुलाई पनि लघुवित्तहरुले दिएको सकारात्मक याेगदानहरुकाे बारेमा सन्देश बताउने, गलत तथा भ्रमित प्रचार हरुकाे पछाडि नलाग्ने जानकारी समेत गराउनुभयाे ।

कार्यक्रममा उन्नति सहकार्य लघुवित्त, साधना लघुवित्त, एन आईसी एसिया लघुवित्त, नयाँ सारथि लघुवित्त, सुर्याेदय ओम्नी लघुवित्त लगायतका विभिन्न वित्तीय सस्थाहरु सहभागी भएका थिए । देबेन्द्र खड्काको संचालनमा संचालन भएको कार्यक्रममा बित्तीय संस्थाकर्मी र अन्यको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation