माण्डवी गाउँपालिकाले भोली देखि एकीकृत सेवा सहितको घुम्ती शिविर गदैं

प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले जनताको आवश्यकतालाइ प्रत्यक्ष रुपमा संबोधन गर्ने गरि विभिन्न एकीकृत सेवा सहितको घुम्ती सेवा शिविरको आयोजना गरेकोे छ । चैत १९ गते अर्थात् भोली देखि २३ गते सम्म गाउँपालिका भित्रका पाँच वटै वडाका विभिन्न स्थानहरुमा उक्त शिविर सञ्चालन गर्न लागिएको हो।

शिविरमा पशुको गोबर परिक्षण ,माटोको नमुना परिक्षण ,विभिन्न योजनाहरुको सम्झौता ,अनुगमन सहित अन्य आवश्यक कार्यहरु गरिनेछ।यस्त‌ै व्यक्तिगत घटना दर्ता,राजस्व सङ्कलन,व्यवसायको दर्ता तथा नबिकरण,जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण ,सेटलाईट क्लिनिक ,माईक्रोस्पिक क्याप्स अर्थात् खकार परीक्षण,सुगर जाँच,ग्रामीण अल्ट्रासाउन्ड,पाठेघर खस्ने समस्याको स्क्रिनिङ तथा सामान्य स्वास्थ्य परिक्षण लगाएतका विविध सेवाहरु प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रकाश पाण्डेले बताउनु भयो।

जनताका प्रत्यक्ष माग,आवश्यकता तथा समस्यालाई पूरा गर्ने उद्देश्यका साथ एकीकृत सेवाको परिकल्पना गरिएको गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीको भनाइ छ।शिविर सञ्चालनका लागि सम्पुर्ण तयारी पूरा भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनु भयको छ।शिविरबाट आम गाउँपालिका बासी नै लाभान्वित हुने गाउँपालिकाको विस्वास छ।शिविर भोलिबाट वडा नं. १ तिराम देखि सुरु हुँद‌ैं छ।शिविरमा उपस्थित भई आफुलाई आवश्यक सेवा लिई लाभान्वित हुन गाउँपालिकाले आम पालिका वासीहरुलाई सुचना मार्फत आग्रह गरेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation