काठमाडौं । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको कार्यतालिका तयार पारेको छ । यही चैत १२ गतेको सचिवस्तरीय निर्णयबाट मन्त्रालयगत छलफलको कार्यतालिका तयार पारिएको हो ।
तालिकाअनुसार नयाँ बजेट निर्माणको प्रक्रिया अघि बढिसकेको छ । मन्त्रालयले चैत १३ देखि २४ गतेसम्म बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकहरू सम्बन्धित महाशाखाबाट लिने कम हुनेछ ।
चैत २६ देखि मन्त्रालयगत तथा विभिन्न निकायसँग छलफल गरिनेछ । त्यसमा क्षेत्रगत केन्द्रित भएका विभिन्न निकायको सुधावमाथि छलफल हुने राजस्वसचिव रामप्रसाद घिमिरेले बताए । निकायगत यस्तो छलफल वैशाख १७ गते सकाइने उनको भनाइ छ ।
संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते अर्थमन्त्रीले संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको आयव्ययको विवरण पेस गर्नुपर्ने हुन्छ ।
कार्यतालिका हेर्नोस्–