सिद्धार्थ मा.वि. को ३५ औँ वार्षिकोत्सव तथा नतिजा प्रकाशन : १३ जना सम्मानित

कपिलवस्तु । सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चीको ३५ औ वार्षिकोत्वस, २०७९ सालको वार्षिक नतिजा प्रकाशन, अभिभावक दिवस तथा सम्मान कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न भएको छ । आज विद्याल्यको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम रानाको अध्यक्षता, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी आर्यालको प्रमुख आतिथ्यता, नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसिको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी आर्यलले विद्यालयको शैक्षिक गुणस्तर बढाउँदै विद्यालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको विद्यालय परिवार र समुदाय बिच समधुर सम्बन्ध हुनुपर्ने बताउनु भएको छ । अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाएर मात्र उतकृष्ट नतिजाको आसा गर्ननहुने भन्दै त्यसका लागि आफ्ना छोराछोरीको निरन्तर रेखदेख गर्न निक्कै जरुरी रहेको बताउनु भएको थियो । नगरका कोहिपनि बालबच्चालाई शिक्षाको पहुँच बाट टाढा नराख्ने योजनाका साथ नगर अघि बढेको भन्दै समाजका हरेक तह र तप्काका बालबाच्चालाई शिक्षाको सहज पहुँचमा ल्याउन आफु प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
नगर प्रमुख आर्यालले विगतका दिनहरु बाटै सिद्धार्थ मा.वि. ले उतकृष्ट नतिजा ल्याएको भन्दै यसलाई निरन्तरता दिई थप गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयलाई सुझाब दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसिले विद्यार्थीको सर्वाङ्गीण बिकासको लागि किताबी ज्ञानले मात्र नपुग्ने भन्दै विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप गराउनु पर्ने बताउनु भएको थियो । केहि सरकारी विद्यालयमा विभिन्न कारणले गुणस्तर घटेको देखेर अभिभावकले धमाधम बोडिङ स्कुलमा छोराछोरी भर्ना गर्ने प्रचलन बढिरहेको भन्दै त्यस तर्फ स्वयम अभिभावक विशेष सचेत हुनुपर्ने बताउनु भएको थियो । अहिले बोडिङ स्कुलमा भन्दापनि सरकारी विद्यालयमा पढेका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएको भन्दै बोडिङ स्कुललाई सबैथोक नठान्न उहाँले सम्पुर्ण अभिभावकलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयलाई स्थापना कालदेखि विभिन्न क्षेत्र बाट महत्वपुर्ण योगदान पुर्याएका १० जना र विद्यालयमा कार्यरत ३ जना शिक्षकलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा केहि समय अघि भएको खेलकुद सप्ताहमा भाग लिएर विभिन्न स्थान हासिल गर्न सफल खेलाडी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, विभिन्न टोलबिकास संस्थाका प्रतिनिधि, विभिन्न आमासमुहका प्रतिनिधि, अभिभावक लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको कार्यक्रम शिक्षिका कमला न्यौपानेको स्वागत र विद्यालयका प्रधानाध्यापक इश्वर कुमार थापाको सञ्चालनमा सम्पन्न भएकोे थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation