नेपाल यातायात मजदुर संघको केन्द्रिय सदस्यमा बराल निर्वाचित

कपिलवस्तु । नेपाल यातायात मजदुर संघको केन्द्रिय सदस्यमा सुर्य प्रसाद बराल निर्वाचित भएका छन् ।

संघको विरगंजमा गत आईतबार सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट बराल केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।उनले यातायात मजदुरहरुको हकहिततथा अधिकारका लागी आफुले निर्वाह गर्नुपर्ने भूमिका सशक्त रुपमा निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

बराल नेपाली कांग्रेस बाणगंगाका सचिव समेत हुन् । उनी समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेताका रुपमा परिचित छन् उक्त महाधिवेशनको नेपाली कांग्रेसका नेता शेखर कोईरालाले उद्घाटन गरेका थिए ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation