काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुले ट्यान्डिङ लिक्विडिटी फेसिलिटी ९एसएलएफ० सुविधाको दुरुपयोग गरेको भन्दै प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७८÷७९ को ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै तत्कालको तरलता समस्या सामाधान गर्न लिएको एसएलएफ सुविधा प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएको बताएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले तत्कालको तरलता समस्या सामाधान गर्न सुविधा लिइएको बताएपनि उक्त अवधिमा ऋण तथा लगानी वृद्धि भएको, बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएकोले एसएलएफको सुविधा तरलता समस्या समाधानमा मात्र प्रयोग भएकोमा यकिन हुने अवस्था देखिंदैन’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।
बैंक तथा वित्तीय संस्थामा तरलता जोखिम व्यवस्थापन र सो सम्बन्धी आवश्यक व्यवस्था गर्न नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७८÷७९ मा ९१ खर्ब ७० अर्ब एसएलएफ सुविधा प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । ४ हजार ९०८ पटकमा उक्त तरलता प्रदान गरेको केन्द्रीय बैंकले जनाएको छ।
यस्तै २०७६÷७७ मा ८३ पटकमा १ खर्ब ३ अर्ब, २०७७७८ मा १६७ पटकमा ३ खर्ब ६१ अर्ब एसएलएफ सुविधा बैंकहरुलाई उपलब्ध गराएको छ ।