उद्योग ब्यापार संघ कपिलवस्तुले बृहत रत्तदान कार्यक्रम गर्ने

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुको आयोजनामा भोली सोमबार बृहत रत्तदान कार्यक्रम हुने भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुको सामाजिक कार्यको पुर्ब निर्धारित कार्यतालिका अनुसार लोकतन्त्र दिवसको अवसर पारेर बैशाख एघार गते बाणगङ्गाको ठाकुरापुरमा रहेको पिस हिमालय रिसोर्ट मा बृहत रत्तदान कार्यक्रम गरिने भएको छ ।

संघको दोस्रो बैठक को निर्णयअनुसार बैशाख एघार गतेको लागि रत्तदान कार्यक्रम राखिएको र सो कार्यक्रमको लागि रेवता पौडेलको संयोजक एबम् गिता पौडेल र मुत्तीराम कडेल सदस्य रहेको कार्यदल गठन गरि सम्पुर्ण तयारी पुरा गरिएको उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिले जानकारी दिनुभएको छ ।

नियमित रत्तदान गर्नाले शरीर स्वस्थ्य रहनुका साथै आफुलाई आत्मसन्तुष्टि मिल्ने तथा रत्तदान गर्न पे्ररित गर्ने उदेश्यले रत्तदान कार्यक्रमको आयोजना गरिएको उद्योग ब्यापार संघ कपिलवस्तुले जनाएको छ । उक्त बृहत रत्तदान कार्यक्रमको प्रमुख अतिथी बाणगङ्गाका नगर प्रमुख चक्रपाणी अर्याल तथा बिशिष्ट अतिथीमा नियमित रत्तदाता संघका केन्द्रिय उपाध्यक्ष लेखनाथ भण्डारीको उपस्तिथि रहने उद्योग ब्यापार संघ कपिलवस्तुले जनाएको छ ।

रत्तदान जस्तो पुण्य कार्यमा सबैको साथ सहयोग पाउने अपेक्षा सहित सहभागिताको लागि पनि सबै संग उद्योग ब्यापार संघ कपिलवस्तुले अनुरोध गरेको छ । उत्त बृहत रत्तदान कार्यक्रम को सह आयोजक नियमित रत्तदाता संघ कपिलवस्तु रहेको छ । भने प्राबिधिक सहयोग सञ्चार केन्द्र बुटवले गर्ने भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation