
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ११ मा सञ्चालित ३ दिने बालअधिकार सम्बन्धी अभिमुखीकरण तथा उद्घोषण तालिम आज आइतवार सम्पन्न भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ११ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो हर्ट विट ९१.३ मेगाहर्ज को सहजिकरणमा वैशाख ८ गते बाट सुरु भएको तालिम आइतवार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले बाल अधिकारको विषयमा बालबालिकालाइ सचेत गराउँदै क्षमता विकास गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस तालिमले सहभागि बालबालिकाको व्यावाहारमा सकरात्म विकास गर्ने बताउनु भएको छ । तिन दिन सम्म सिकेका कुरालाई प्रमाण पत्रमा मात्र सिमित नगरेर व्यावाहारमा लागु गर्न सकेमात्र सरकारी बजेट, प्रशिक्षक र सहभागि बालबालिकाको महत्वपुर्ण समयले सार्थकता पाउने बताउनु भएको थियो । वडाले बालबालिकाको आवश्यक्तालाई हेरेर उक्त तालिमको आयोजना गरिदिएको भन्दै यस्ता तालिमलाई आगामि वर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै वडा सदस्य जग नारायण थारुले तालिम बाट सिकेका कुरालाई प्रयोग गरेर समाजमा हुने बालअधिकार हननका विषयमा चर्के आवाज उठाउनु पर्ने बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै रेडियो हर्ट विटका स्टेसन म्यानेजर अशोक पौडेलले वडा र नगरले यस्ता कार्यक्रमको आयोजना गरे आफु र आफ्नो संस्था बालबालिकाको क्षमता विकास गर्न सधै तत्पर रहेको बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा तिन दिन सम्म सिकेका अनुभव सेयर गर्दै सहाभागिहरु सोस्तीका गौतम र अभिनव ज्ञवालिले तिन दिन सम्म आफुहरुले उद्घोषण र बालिअधिकार सम्बन्धी थुप्रै कुरा सिक्न पाएको भन्दै वडा र रेडियो हर्ट विट लाई धन्यवाद व्याक्त गरेका थिए । सुरुका दिनमा आफुहरु अगाडि आएर बोल्न नसक्ने रहेको तर तिन दिनको सिकाइले मन्तव्य राख्न सक्ने भएको भन्दै तालिम बाट सिकेका कुरालाई व्यावाहारमा लागु गर्ने बताएका थिए ।
वडा नम्बर ११ का वडा सदस्य जग नारायण थारुको अध्यक्षता, वडा अध्यक्ष नरेन्द्र प्रसाद थारुको प्रमुख आतिथ्यता, वडा सचिव अशोक कुमार चौधरी, रेडियो हर्ट विटका स्टेसन म्यानेजर अशोक पौडेल, तालिमको अन्तिम दिनका प्रशिक्षक पत्रकार चन्द्रकान्त न्यौपाने, बाल सहजकर्ता निष चौधरी लगायतको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
तालिममा सहभागि वडा नम्बर ११ का विभिन्न टोलका २५ बालबालिकालाई प्रमाण पत्र प्रदान गर्दै सम्मान सहित विदाई गरिएको थियो ।