कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय

कपिलवस्तु अस्पताललाई सय बेड बनाउने निर्णय गरिएको लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री बिष्णु पन्थीले बताए। सबैको अथक प्रयासले अब कपिलवस्तु अस्पतालमा सेवा बिस्तार गर्न बाटो खुलेको उनले बताए। ‘कपिलवस्तुबासीकै लागी खुशीको कुरा छ ’ उनले भने। २०२९ सालमा १५ बेडको अस्पतालको शुभारम्भ गएिको थियो। २०७६ सालमा कपिलवस्तु अस्पताल ५० बेडको बनेको थियो।कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले अथक प्रयासले बल्ल सार्थकता पाएको बताए। सय बेडको निर्णय गर्नु अघि प्रदेश सरकारले अस्पतालको २ पटक स्थलत निरीक्षण र अनुमगन गरी प्रतिबेदन बुझाएको थियो। ५० बेडको भए पनि ७० भन्दा बढी बेडमा सेवा दिईदै आएको बन्जाडेले बताए। स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय ३८ जनाले काम गरेको अस्पतालमा अब दुई सय बढीले काम गर्नेछन। ४ भेन्टीलेर सहीत १० आईसियु बेड सहीतका कक्षा संचालित छन। सिटी स्केन र डार्ईग्नोपसिस सेवा समेत बिस्तार गर्ने अस्पतालको योजना छ।

डार्ईग्नोपसिस सेवा केही दिन मै सुरु हुने बन्जाडेले बताए। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अस्पताल सय बेडको हुने निर्णयले आफुलाई निकै खुशी लागेको बताए। ‘ जिल्लाबासी कै लागि यो खुशीको कुरा हो’ उनले भने। उनले अस्पतालको विकासमा आफनो सदा साथ प्रतिबद्धता ब्यक्त गरे। उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलार्इृ प्राथमिकतामा राखेको र नगर क्षेत्र भित्र रहेकोलाई स्वास्थ्य बिमामा आधा रकम नगर पालिकाले ब्यहोर्ने गरी निर्णय गरिएको बताए। उनले अस्पतालको विकास र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफुले सक्दो कोसिस गर्ने बताए। – नागरिक अनलाइन 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation