सुकेका रुखको जोखिममा शिवालय बस्ती

उपकार अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बुद्दभुमी १ बिरपुरको शिवालय टोलका करिब १४/१५ घर बस्ती ठुलाठुला रुखको उच्च जोखिममा रहेका छन। त्यस टोलका बासिन्दा नर बहादुर बस्नेतले आफ्नो टोलका सबै नागरिकलाई रुखहरुको जोखिमबाट बचाइदिन सम्बन्धित निकायसंग आग्रह गर्नुभएको छ।

उक्त टोलमा ठुला ठुला सालका रुखहरु सुकेकाले हावाहुरी आउदा ती हांगाबिंगा भांचिएर जन धनको ठूलो क्षति बेहोर्नु पर्ने जनाउनु भएको छ। रुखका हांगा भाचिनुका साथै ती हांगाबिगाले बिद्दुतको तार समेत चुंडाल्ने त्रास संगै वरपर आवतजावत गर्न नसकिने भएकाले यस बिषयमा वडा कार्यलयको सिफारिस समेत बनाइ सम्बन्धित निकाय जिल्ला बन कार्यालयमा समेत जानकारी गराइएको तर गुनासो सुनुवाइमा ढिलाइ भएको त्यसै गाउँका समाजसेवी गौरी प्रसाद बन्जाडेले बताए ।

देश बिदेशका हरेक नागरिकको गुनासो सुनाउने र सुनिदिएका संचारकर्मी रबि लामिछाने थिए, उनले खोलेको घण्टी पार्टीले सुनुदेला कि भन्ने आशाले रास्वपा कपिलवस्तुका सभापति शिव कुमार सुवेदीलाई बोलाएर सबै गुनासा तथा स्थलगत अनुगमन समेत गराएको स्थानियबासी नर बहादुर बस्नेत लगायत उपस्थित टोल बासिले जानकारी गराए। स्थलगत अनुगमन र गुनासो पछि तत्काल समस्या समाधानको लागि संबंधित निकायलाइ जानकारी गराइ जनधनको क्षती हुनबाट रोक्न आफुले पहल गर्ने रास्वपा जिल्ला सभापति सुवेदिले जानकारी दिनुभएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation