किशोर किशोरीलाई स्वास्थ्य अभिमुखिकरण तालिम

सागर बेल्बासे, कपिलवस्तु ।

बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजना र उत्तमनगर स्वास्थ्य सेवा केन्द्रको सहभागिता मा गजेहडा भु. पु. शैनिक खानेपानीको सभाहलमा यस क्षेत्रका किशोर किशोरीहरुलाइ यौन शिक्षा तथा प्रजनन प्रणालीको बिकासको क्रममा हुने मानसिक उतारचढावको बारेमा अभिमुखिकरण गराइएको छ।

No description available.

कार्यक्रमको अध्यक्षता वार्ड नम्बर १ का जनप्रतिनिधि राजकुमार थारुले गर्नुभएको थियो। कार्यक्रममा किशोर किशोरिका साथ सामुदायिक बिद्यालयको प्रतिनिधित्व गर्दै इस्वर थापा, समुदायको प्रतिनिधित्व गर्दै धुर्व पन्थी, ब्यब्स्थापन समिति सदस्य बुद्दी शागर बेल्बासे, वार्ड नम्बर १ का अन्जना पहराइ को नेतृत्वमा रहेका स्वास्थ्य स्वमसेविकाहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मा प्रशिक्षण दिन नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल र नगर स्वास्थ्य बाटै स्वास्थ्यकर्मी दुर्गा पोख्रेल आउनुभएको थियो। कार्यक्रमको संचालन उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख इस्वरा खरेलले गर्नुभएको थियो।

No description available.No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation