सुपादेउरालीमा माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भीरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ । आर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको हो ।

मन्दिर परिसरमा पसल सञ्चालन गर्दै आएकी सन्धिखर्क नगरपालिका–७, बागमारा निवासी ३५ वर्षीय कल्पना थापाको ढुंगाले लागेर मृत्यु भएको वडाअध्यक्ष चुरा बहादुर केसीले जानकारी दिए।

वितग ३ वर्षदेखि उनले सुपादेउराली मन्दिर परिसरमा पुजाका सामग्रीको व्यवसाय गर्दै आएकी थिइन् । पसल बाहिर बसिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले लागेर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation