ए डिभिजन लिग : आज दुई खेल

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दुई खेल हुँदैछ। ​लिगको दोस्रो लेगको पहिलो राउण्ड अन्तर्गत बिहीबार दुई खेल हुन लागेको हो।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा मच्छिन्द्र फुटबल र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। मच्छिन्द्र पाँचौँ  जित निकाल्ने योजनामा हुनेछ। मच्छिन्द्र १३ खेलमा १८ अंक जोडेर आठौँ स्थानमा छ।

संकटा पनि पाँचौँ जितको खोजीमा हुनेछ। संकटा १३ खेलमा १६ अंक जोडेर दशौँ स्थानमा छ।

यस्तै एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे ​नै एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।

१३ खेलमा १८ अंक जोडेर सातौँ स्थानमा​ रहेको एपीएफ छैटौँ जितको योजनामा हुनेछ। १३ खेलमा १६ अंक जोडेर ११ औँ स्थानमा एनआरटी पाँचौँ जितको खोजीमा हुनेछ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation