कपिलवस्तुको गोरूसिङ्गेमा सिद्धार्थ गार्मेन्ट उद्योग सञ्चालनमा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । बाहिरबाट आयातित रेडिमेड कपडा प्रतिस्थापन गर्ने र स्थानीय रोजगारी तथा सिप विकास जोड्ने गरी ८० लाख लगानीमा ‘सिद्धार्थ इन्टर प्राइजेज एण्ड गार्मेन्ट उद्योग’ को नाममा गार्मेन्ट उद्योग सञ्चालन गरिएको हो ।

उक्त गार्मेन्ट उद्योगको बिहिबार एक कार्यक्रमका बिच बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले मुलुक आर्थिक संकटमा पर्दै गएको र युवाशक्ति विदेश पलाएन भईरहेका बेला यस किसिमको व्यवसायले देशको समृद्धिकालागि टेवा पुग्ने बताउनु भयो । नगरपालिकाले लगानीको वातावरण बनाएको बताउँदै स्थानीय सरकारबाट हुनुपर्ने लगानी मैत्री वातावरण निर्माणमा आफू लागिपरेको उहाँले बताउनु भयो । नगरमा लगानी भित्र्याउनका लागि नै स्थानीय सरकारले वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसै क्षेत्रका युवाहरु भक्तिराम घिमिरे र नारायण पौडेलले संयुक्त लगानीमा गारमेन्ट उद्योग संचालनमा ल्याएका हुन । उक्त उद्योगले गुणस्तरयुक्त रेडिमेड सिलाई कपडाको उत्पादनलाई जोड दिएको बताउँदै स्थानीय क्षेत्रमा आफ्नो उत्पादन बिक्री वितरण गरिने उद्योगका संचालक भक्तिराम घिमिरेले बताउनु भयो ।

कम्पनीले कोर्ट पायन्ट, युनिफर्म, सटिङसुटिङ, टाईबेल्ट, जुत्ता, ट्रयाकसुट, टिर्सट, स्वेटर, ज्याकेट लगाएतका सामाग्री आधुनिक प्रविधिका मेशिनबाट गुणस्तरयुक्त कपडा उत्पादन तथा तयार गरिने उहाँले जानकारी गराउनु भयो । गार्मेन्ट उद्योगबाट उत्पादित तयारी कपडाहरु हाल स्थानीय स्तरमा बिक्री वितरण भैरहेको र छिटै अन्य जिल्लाहरूमा समेत बजार विस्तार गरिने अर्का संचालक नारायण पौडेलले बताउनु भयो ।

उद्योगमा रोजगारीकालागि स्थानीय महिला तथा पुरुषलाई प्राथमिकता दिईएको र हाल १५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको घिमिरेले बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथीका रुपमा बुद्ध भूमि नगरपालिकाका उद्योग तथा वाणिज्य शाखा प्रमुख विजय भुसाल, अतिथिमा विभिन्न वडाका वडा अध्यक्ष, ईलाका प्रहरी कार्यलय गोरुसिङेका प्रमुख, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, विभिन्न विद्यालयका प्रअ, बैंक तथा सहकारीका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation