कपिलवस्तुकाे विजयनगरमा डेढ क्विन्टल बढी अवैध कुखुरा नष्ट

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा १ क्विन्टल ५६ किलाे अवैध ब्राेइलर कुखुरा प्रहरीले नष्ट गरेकाे छ । सशस्त्र प्रहरी बल (विओपी) डालपुरले ५२ गाेटा अवैध ब्राेइलर कुखुरा बरामद गरि नष्ट गरेकाे जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक झक्कु प्रसाद शर्माले तस्करले भारतबाट नेपालतर्फ ओसार पाेसार गरिरहेकाे अवस्था गाउँपालिका वडा नम्बर १ मा पर्ने सारदा सामुदायिक बन अन्तर्गत सेमरी गाउँ नजिकै उक्त कुखुरा बरामद गरिएकाे जानकारी दिए । उनले बरामद गरिएको कुखुराकाे मुल्य अन्दाजी ४६ हजार ८ सय रुपैयाँ बराबरको रहेकाे बताए ।

सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक भरत प्रसाद चाैधरीकाे कमान्डमा ७ जना र इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण राना मगरकाे कमान्डमा खटिएको ५ जनाकाे प्रहरी गस्ती टाेलीले ब्राेइलर कुखुरा बरामद गरेकाे हाे । प्रहरीले भारतबाट नेपालतर्फ चाेरी पैठारी गरि भित्र्याएकाे अवैध कुखुरा शनिबार बरामद गरेकाे हाे । पशु स्वास्थ तथा पशु सेवा ऐन २०५५ काे दफा ८ र ९ अनुसार प्रहरीले बरामद कुखुरा नष्ट गरिएको हाे ।

इलाका प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, पशु क्वारेन्टाइन कृष्णनगरका प्रतिनिधि, पत्रकार र स्थानीयकाे राेहबरमा खाल्डोमा पुरि नष्ट गरिएको सशस्त्र प्रहरी बल डालपुरले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation