शितगंगाको रातामाटामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

अर्घाखाँची । बारिमा मकै छर्ने क्रममा अर्घाखाँचीको शितगंगा ४ रातामाटामा ट्याक्टर पल्टिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा शितगंगा ४ भेडामारे निवासी ३८ बर्षिय मान बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शितगंगा ४ रातामाटा निवासी उमाकला नेपालीको मकै रोप्न बारि जोतेर बाटोमा निस्किने क्रममा लु ४ त ९४१८ नम्बरको ट्याक्टर करिव आईतबार साँझ सभा ५ बजे ढिकबाट २५ मिटर तल खसी बारिमै पल्टिएर दुर्घटना भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीको नेतृत्वमा गएको प्रहरीको टोली घटनास्थल पुगेर मुचुल्का तयार गरि सबलाई पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाईएको छ । तर प्राथमिक स्वास्थ्यकेन्द्र ठाडामा पोष्टमाट्म भवन निर्माण भएको बर्षौं बितिसक्दा पनि स्वास्थ्य केन्द्रमा अहिले सम्म पोष्टमाट्मको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकले पोष्टमाट्म गर्न पाउने अधिकारका लागि ईजाजत प्राप्त गर्न थप तालिम लिनु पर्ने होकी ? ईजाजत भएरपनि काम गर्न नखोजेको हो कि ? यो पोष्ट्माट्म प्रकियालाई अगाडि बढाउन नगरपालिकामा कार्यरत स्वास्थ्य कर्मचारी निरीह बनिरहेका छन् । न त पोष्टमाट्म प्रक्रिया अगाडि नै बढाउन सके ,नत काम गर्न सके जनताको सेवादिन खटिएका कर्मचारी झनै जनतालाई सास्ती दिदै आएका छन् । उनिमात्र होईनन् सिङ्गो नगरपालीकाका जनप्रतिनिधि ,शितगंगाका सानादेखि ठुला राजनिती दलहरू कसैले जनताको बल्झीएको घाउमा मलाम लगाउन सकेका छैनन् ।

आखिर राजनिती के का लागि ? जनतासामु यो प्रश्न उब्जिनु स्वभाविक हो । शितगंगा बिकासमा यहाँका राजनिती दलहरूमा एकता देखिदैन । दलहरूलाई के डर छ भने उ पार्टिले राम्रो बिषयमा मुद्दा उठायो ,काम गर्यो भने जनताकोलोकप्रिय हुन्छ, अनि हामीहरू पछाडी पर्छौं भन्ने दरिद्रता सोच भएका कारण बिरोध माथी बिरोध गर्ने संस्कारको बिकाश हुदाँ शितगंगाले अहिले सम्म काँचुली फेर्न सकेको छैन । शितगंगाको साझाँ बिकासमा शितगंगाका राजनितीदल एकै ठाउँमा हातेमालो गरि अगाडि बढ्न सक्नु पर्छ । होईन भने राजनितीबाट सन्न्यास लिएकै बेस हुन्छ ।

शितगंगाको हितमा साँझा बिकासमा यहाँका राजनिती दलहरू एउटै मालामा गासिन सकिरहेका छैनन् । हुने खानेले त ५० देखि १ लाख सम्म खल्तीमा हालेर ५/७ घन्टाको बाटो गाडि खोजेर पोष्टमाट्म गर्न सदरमुकाम पुराउला तर नहुने गरिवहरूलाई त घरबास नै उठिबास हुन्छ । स्वास्थ्यकाे लिडर गर्ने कर्मचारी ,दलका नेता र जनप्रतिनिधि के का लागी ? के का लागि राजनिती गर्ने ? साँझा शितगंगाको हितको पक्षमा रहेका राम्रो कामको जुन दलले वकालत गरेपनि समर्थन र शितगंगाको अहितमा रहेका बिषयमा सबैले बिरोध गर्ने संस्कारको बिकास गरौं ।

See less

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation