भुमिकास्थानमा आगलागी, ६ जना घाइते पशु चौपायाको पनि क्षती

अर्घाखाची । भुमिकास्थान नगरपालिका -२ ढाकावाङ्गको जैथुममा आगलागी हुदा आगो निभाउने क्रममा छ जना जलेर घाइते भएका छन । जंगलबाट लागेको आगो गाउमा पसेपछी निभाउने प्रयास गर्दा उनिहरु गम्भीर घाइते भएको वार्ड अध्यक्ष बुद्दी बहादुर थापाले बताए ।

 

घाइतेहरुलाइ उपचारको लागि सन्धिखर्क अस्पताल पठाइसकिएको छ । आगोले एक गोठ जलेर नस्ट भएको , एक बोका जलेर मरेको र एक भैंसी गम्भीर घाइते भएको प्रारम्भिक बिवरण अध्यक्ष थापाले दिए ।

आगलागि बाट भएको पुर्ण क्षतिको बिस्तृत बिवरण आउन बाकी छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation