
कपिलवस्तु । कपिलवस्तु प्रहरीले अवैध लागुऔषध सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पिपराले बाणगंगाका बुङ्चिबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ दर्खास्त बस्ने २७ वर्षीय इश्वर सेनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्राम र नगद ४२ हजार २ सय ५० रूपैयाँसहित सोमबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक कोशिस बाबु जोशीले बताउनुभयो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका सेन यस अघि पनि पटक पटक लागु औषध मुद्दामा पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।
यस्तै सोही घटनामा लागूऔषध खरिद विक्रीमा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जोशीले बताउनु भयो । उनीहरु रुपन्देहीको रुद्रपुरबाट बाणगंगामा आएको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरि अनुसन्धान भर्ईरहेको प्रहरीले जनाएको छ ।