
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले अवैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीया सेती तामाङ रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५/५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।