लघुवित्त संस्थाले केहि पिडितहरुलाई ३/४ घण्टा ट्वाइलेटमै थुनिदए : जिल्ला अध्यक्ष गद्धि

कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा लघुवित्त संस्थाको ज्यादतीबाट पीडित भएका स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन । “बाँचौँ, बचाऔँ र अघि बढौँ”, “लघुवित्तिय संस्थाको ज्यादतीको विरुद्धमा एक भएर जुटौँ” भन्ने मुख्य नारा लेखिएको ब्यानरसहित पीडितहरुले प्रदर्शन गरेका हुन् ।

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति जिल्ला कपिलवस्तु, नेपालको आयोजनामा जिल्लाका लघुवित्तिय संस्थाको ज्यादतीबाट पीडितहरुले लघुवित्त संस्था खारेजीको माग सहित विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले लघुवित्तिय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गरिनुपर्ने, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायत विभिन्न माग गरेका छन् ।

लघुवित्त विरुद्धको सङ्घर्ष समिति जिल्ला अध्यक्ष निषा गद्धिले कपिलवस्तुका लघुवित्त संस्थाहरुले खाना खान थालेको थाल खोसिदिएको, तिन चार घण्टा ट्वाइलेटमा थुनिदिएकोले अब ति लघुवित्त संस्थाहरु खारेज नगरे सम्म आफ्नो आन्दोलन जारी रहने बताउनु भएको छ । मासिक किस्ता असुली गर्दा एक÷दुई दिन पनि पर्खिन नसक्ने, आफुहरुलाको फोटो पत्रिकामा छाप्दिन्छु भन्दै धम्कि दिने, छोराछोरीलाई पढ्न बाट रोक्ने धम्कि दिने, आत्महत्या गर्न प्रेरित गर्ने, गाली बेइज्जत गर्दै कर्मचारीले विभिन्न नाममा धम्काउने गरेको हुनाले बाध्य भएर सडकमा उत्रनु परेको बताउँदै आफ्ना मागहरु पुरा नभए थप संर्घर्षका कार्यक्रमहरु गर्ने चेतावनी समेत दिनुभएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation