बाणगंगा ४ द्वारा ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकहरुलाई झुल वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ ले ज्येष्ट नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल वितरण गरेको छ । वडा नम्बर ४ को लक्षित वर्गको कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्याक्तिहरुलाई वडाले एक कार्यक्रमका बिच मगंलवार झुल वितरण गरेको हो ।

गर्मी मौसम लागे सङ्गै लामखुट्टेको टोकाई बाट लाग्ने रोगको प्रकोप बढ्नेभएकाले वडा भित्र रहेका सबै अपाङ्ग तथा ७० वर्ष नाघेका ज्येष्ठ नागररिकहरुलाई झुल वितरण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष वडा सदस्य चिन्कु थारुले बताउनु भएको छ ।

वडावासीहरुको हरेक समस्यामा जनतालाई वडा आफ्नो साथमा रहेको अनुभूती दिलाउने गरि वडाले कार्य गरिरहेको भन्दै त्यसलाई निरन्तरता दिने वडा अध्यक्ष छबि रेस्मि मगरले बताउनु भएको छ । विशेष गरि अबको समय अपाङ्ग र वृद्धवृद्धाहरुलाई समस्या हुने भएकाले वडाले उनीहरुको लागि निरन्तर बजेट विनियोजन गर्ने समेत उहाँले बताउनु भएको थियो ।

झुल प्राप्त गरिसकेपछि उनिहरुले वडालाई धन्यवाद दिदै आगामि दिनहरुमा पनि आफुहरुको दुखमा वडाले साथ दिने विश्वास व्याक्त गरेका थिए । अपाङ्ग व्याक्ति र ज्येष्ठ नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै वडा आफैले विभिन्न टोलटोलमा पुगि झुल वितरण गरेको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation