
काठमाण्डौ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि ज्यान गएको छ ।
काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको उपचारका क्रममा ज्यान गएको हो ।
यो सँगै ज्यान गुमाउनेको संख्या चार पुगेको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा ३६ वर्षका माधव वेल्वासे, ७२ बर्षका पिताम्बर वेल्वासे, ५५ वर्षका पदम वेल्वासे र ५२ वर्षका घनश्याम वेल्वासे घाइते भएका थिए ।
पिताम्बर, पदम र घनश्यामलाई उपचारका लागि काठमाण्डौ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो भने माधवको उपचारका क्रममा बिहान ज्यान गएको हो । ज्यान गुमाउने चारै जना एउटै गाउँका हुन् ।