
भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली ल्याएको ४२ बोरा चिनी बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार मायादेवी गाउँपालिकाको वडा नम्बर-६ बेथरीबाट अवैध चिनी नियन्त्रणमा लिएको हो ।
भारतबाट चोरी पैठारी गरी अवैध रूपमा ल्याई लुकाइछिपाइ राखेको अवस्थामा १ लाख ५७ हजार ५ सय रुपैयाँ मूल्यबराबरको ४२ बोरा चिनी बरामद गरेको हो ।
बरामद गरिएको चिनी भैरहवा भन्सार कार्यालय पठाइएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।