
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर बाट प्रहरीले अवैध २६ गोलिया (३० क्यू फिट) सिसौको काठ बरामद गरेको छ । विजयनगर गाउँपालिका वडा नम्बर ७ दत्तपुर स्थित प्रहरी चौकी ठाकरापुर र बि.ओ.पि. डालपुरबाट खटिगएको संयुक्त प्रहरी गस्ति टोलिले खेतको परालमा लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ बरामद गरेको हो ।
अंन्दाजी १ लाख १९ हजार बराबरको अवैध काठ बरामद गरि आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तु पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।