
कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका ले नगरबासी ५० बर्स माथिका उमेर समूह का सबै नागरिक लाई हरेक वडा का विभिन्न स्थान मा निशुल्क स्वास्थ्य परिक्षण को सुरुवात गरेको छ। बाणगङ्गाको १,५ र ११ वडामा एकै साथ मधुमेह र उच्च रक्तचाप को निशुल्क शिबिर शुरु भएको नगर प्रमुख चक्र अर्यालले बताउनुभएको छ।
मधुमेह र उच्च रक्तचाप जस्ता नसर्ने रोगका कारण अन्य रोगलाई ठुलो असर गर्ने हुंदा हरेक वडा का विभिन्न स्थान मा ३ दिन सम्म निशुल्क आधारभूत स्वास्थ्य शिबिर सुरु गरिएको नगर प्रमुख अर्यालले बताउनु भएको छ।नगरका सबै वडामा यो शिबिर सन्चालन हुने हुंदा सबै नागरिक ले आआफ्नो पायक पर्ने स्वास्थ्य शाखा मा सम्पर्क गरि यो सेवा लिंदै स्वस्थ खाना र स्वस्थकर जीवन शैलीमा आफ्नो जिवनलाइ लैजान समेत आग्रह गर्नुभएको छ।बाणगङ्गा १ को उत्तमनगर आधारभूत स्वास्थ्य सेवाकेन्द्र मा कार्यक्रम को उद्घाटन गर्दै नगर प्रमुख अर्यालले यो जानकारी गराउनु भएको हो।
कार्यक्रम को अध्यक्षता वार्ड नम्बर १ का अध्यक्ष सन्जु कुमार सारुले गर्नुभएको थियो भने कार्यक्रम संचालन तथा नगरबासिको स्वास्थ सेवा र अवस्था बारे नगर स्वस्थ्य शाखा का सह संयोजक भक्तिराम पाण्डे ले जानकारी गराउनु भएको थियो।अहिलेको अवस्थामा बार्सिक २०० जना नगरबासी मधुमेह र उच्च रक्तचाप का कारण क्यान्सर जस्ता भयानक रोगले ग्रसित हुँदै गएकोले स्वस्थकर जिवनशैलि र आधारभूत स्वास्थ्य सेवा लिएर लाभान्वित हुन समेत पाण्डे ले आग्रह गर्नु भएको थियो।
अहिले संचालन मा ल्याएको यो निशुल्क स्वास्थ्य शिबिर बाट ३००० जना नगर बासिको स्वास्थ परिक्षण गर्ने लक्ष्य राखिएको समेत सह संयोजक भक्तिराम पाण्डे ले जनाउनुभएको छ।त्यस्तै अति बिपन्न बर्गका नागरिक लाई नसर्ने रोग अन्तरगत का जघन्य रोग पीडित का बिरामिलाइ राज्यबाट प्राप्त हुने रु एक लाख को सुबिधा को सिफारिस नगर प्रमुख,उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख भएको बेला पर्ने हो भने १० मिनेटमै सेवा प्रदान गर्द्दै आएको कुरा नगर स्वास्थ्य साखा प्रमुख ठगराज पौडेल ले जानकारि गराउनुभएको छ।सेवाग्राही लाई आउना साथ ससम्मान यताउता नदौडाइ शाखाकै कर्मचारी ले सबै ठाउँ मा पुगि सहिछाप गराइ दैनिक २ देखि ३ जना लाई सेवा प्रदान गरिरहेको नगर प्रमुख अर्याल र स्वास्थ्य शाखा प्रमुख पौडेल ले जानकारी दिनुभएको छ।
आज सेवा लिन छुटेका र जानकारी नपाएका वडाबासि सेवाग्राहीलाई भोलि वार्ड नम्बर १ को बुन्ची र पर्सि बठानपुर को प्रतीक्षालयमा सेवा लिन स्वास्थ्य सेवा केन्द्रकी प्रमुख इस्वरा खरेल ले जानकारी गराउनुभएको थियो।