लागुऔषध कारोबार आरोपमा बाणगंगाका २ सहित ३ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका बाट लागुऔसध सेवान तथा ओसारपोसारमा संलग्न भएको आरोपमा बाणगंगाका २ जना सहित ३ जना पक्राउ परेका छन । मायादेवी गाउँपालिका वडा नम्बर ३ को बिचौवापुर देखी पचेहरा तर्फ जाँदै गरेको लु ३० प १८७० नं को स्कुटीलाई रोकी चेकजाच गर्ने क्रममा लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ २ ग्राम १०० मिलीग्रामसहित स्कुटी बाणगंगा नगरपालिका ८ मधुवनका २६ वर्षीय कृष्ण भण्डारी र स्कुटी पछाडी सवार बाणगंगा ४ सिद्धीपुरका १९ वर्षीय मोहित चौधरीलाई पक्राउ गरिएका हो ।

उनिहरुलई सोधपुछ गर्दा कपिलवस्तु नगरपालिका ७ धमौली बस्ने २४ वर्षका सोनु खटिकसँग खरिद गरी ल्याएको जानकारी दिएपछि सोनु खटिलाई समते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

खटिकको शरिर, घरकोठा खानतलासी गर्दा सुत्ने कोठामा कालो प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो खैरो गिलो पदार्थ २ ग्राम ७०० मिलिग्रम बरामद गरिएको प्रहरीले जनाएको छ । उनिहरुको साथ बाट बरामद गरिएको उक्त लागुऔषध, लु ३०प१८७० नम्बरको स्कुटी र नेपाली २४ हजार २ सय ५० रुपैया सहित कृष्ण भण्डारी, मोहित चौधरी र सोनु खटिकलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation