एमालेबाट राजिनामा घोषणा गरेका युवा नेता खत्री रास्वपा प्रवेश

कपिलवस्तु । केहि समय अघि एमाले बाट राजिनामा घोषणा गरेका कपिलवस्तुका युवा नेता शुसिल खत्री राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्नुभएको छ । आज जिल्लाको चारनम्बरामा रास्वपाको बाणगङ्गा नगर कार्यसमितिको कार्यालय उद्घाटन कार्यक्रममा खत्री सहित दर्जनौ व्याक्ति रास्वपा प्रवेश गरेका हुन ।

एमाले, काङ्ग्रेस, माओवादी लगायतका विभिन्न पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यक्रता देश र जनताको लागि नयाँ र उपयुक्त विकल्प भन्दै रास्वपा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गरिसकेपछि बोल्दै युवा नेता खत्रीले एमाले सहित अन्य पार्टीमा भ्रष्टाचारीहरुलाई काखि च्याप्ने प्रवृत्ति मौलाएकोले रास्वपा नै अबको उपयुक्त विकल्पको रुपामा स्विकार गरि पार्टी प्रवेश गरेको खत्रीले बताउनु भएको छ । सिद्धार्थ क्याम्पस बुङ्चि कपिलवस्तुका पुर्व स्ववियु सभापति समेत रहनुभएका खत्रीले अन्य पुराना पार्टीमा ब्याक्तिवाद मौलाएको, देश र जनता प्रति उत्तरदायी नभएको र विदेशीको इशारामा चल्ने गरेको भन्दै अब देश र जनताको हितमा काम गर्ने रास्वपा नै भएको जिकिर गर्नुभएको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation