बुद्ध स्कुलमा विद्यार्थीहरुको सदन पूर्नगठन

प्रदिप ज्ञवाली, सैनामैना ।
सैनामैना नगरपालिका वडा नं ७ मा देउवापार स्थित बुद्ध इङलिस स्कुलमा अतिरिक्त क्रियाकलापका लागि विभिन्न सदनात्मक समितिहरु पुर्नगठन भएका छन । विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्न उपयोगी हुने भन्दै विभिन्न कार्यक्रमहरु आयोजनाका लागि समेत सदन विभाजन गरिएको विद्यालका प्राचार्य लेखनाथ गैरे बताउनुहुन्छ ।

विद्यालयमा सदन निर्माण वैज्ञानिक हरुको नामबाट गरिएको छ । सदनलाई व्यवस्थित रुपमा सञ्चालन गराउन सदनहरुलाई शिक्षक संयोजक पनि चयन गरिएको छ ।

डार्विन सदनको नेतामा असिम थापा र उपनेता सावित्री गाहा रहेका छन । डार्विन सदनको शिक्षक संयोजकका रुपमा शिक्षिका अस्मी खड्का रहनुभएको छ ।

एरिसटोटल सदनको नेतामा समीर अधिकारी रहनु भएको छ भने उपनेतामा अस्मीता खत्री रहनुभएको छ । एरिसटोटल सदनको शिक्षक संयोजकका रुपमा डिम्पल गैरे रहनुभएको छ ।

यस्तै न्युटन सदनको सदन नेताको रुपमा प्रतिभा गुरुङ रहनुभएको छ भने उपनेताक रुपमा शिसिर गुरुङ रहनु भएको । उक्त सदनको शिक्षक संयोजकका रुपमा रुपमा शिक्षक मनिष जि सि रहनुभएको छ ।

आइन्टाइन सदनको नेतामा सत्यमान चौधरी रहनु भएको छ भने उपनेतामा सलिना बेलवासे रहनु भएको छ । सो सदनको सदन शिक्षक संयोजकका रुपमा शिक्षक युवराज घिमिरे रहनु भएको जानकारी विद्यालयले दिएको छ ।

विद्यालयले हरेक हप्ता विद्यालयमा शुक्रबार विद्यार्थीहरुका क्षमता प्रस्फुटनका लागि रचनात्मक खालका अतिरिक्त क्रियाकलापहरु गर्दे आएको अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक बालकृष्ण घिमिरेले बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation