राप्रपा उद्योग, वाणिज्य क्षेत्र समन्वय विभाग सदस्यमा कपिलवस्तुका तिवारी चयन 

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उद्योग, वाणिज्य क्षेत्र समन्वय विभाग सदस्यमा कपिलवस्तुका राजेश तिवारी चयन हुनुभएको छ । राप्रपाको उद्योग, वाणिज्य क्षेत्र समन्वय विभागको सिफारीसमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनित गर्नुभएको हो ।

कपिलवस्तुको चारनम्बरमामा लामो समय देखि व्यापार व्यवसाय गर्दै आउनु भएका तिवारीले देश र जनताको भलाईको लागि अब राप्रपाका एजेण्डा र विचार नै महत्वपुर्ण रहेकोले सम्पुर्ण नेपालीलाई राप्रपामा आउन आग्रह समेत गर्नुभएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation