
बुटवल। प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको केन्द्रिय अध्यक्षमा डा. विष्णुप्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । आगमी जेठ १९ र २० गते संघको पांचौ राष्ट्रिय अधिवेशन काठमाण्डौस्थित प्रज्ञा प्रतिष्ठानमा हुंदै छ । उक्त अहिवेशनबाट नयां नेतृत्व चयन हुने भएकाले त्रिुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विष्णुप्रसाद पोखरेलले अध्यक्षका लागि बुटवलबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
शनिबार बुटवलमा प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल सिद्दार्थ गौतमबुद्द क्याम्पस इकाईले आयोजना गरेको भेला तथा कार्यक्रममा पोखरेलले अध्यक्ष पदका लागि (सनिवार)उम्मेदवारी घोषणा गरेका हुन् । रुपन्देहीका आंगिक तथा पव्लिक क्याम्पसरुमा कार्यरत नेपाली काङ्ग्रेस निकट प्राध्यापकहरुले प्रजातान्त्रिक प्राध्यापक संघ, नेपालको केन्द्रिय अध्यक्षमा डा. विष्णुप्रसाद पोखरेललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष जगतप्रसाद तिमिल्सेनाको साथमा अध्यक्ष जित्ने गरी प्रचार– प्रसारका लागि डा. विष्णुप्रसाद पोखरेल देश दौडाहामा हिडेका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेलले आंगिक, पब्लिक क्याम्पस लगायत आम शिक्षा क्षेत्रका समस्या समाधानका लागि आफ्नो उम्मेदवार रहेको जनाएका छन् । उनले अब कुनैपनि हालतमा अधिवेशन नरोकिने बताउंदै राजनीतिक नेतृत्व पनि समयमै अधिवेशन गराउने पक्षमा भएकाले तयारी गर्न सबै प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका केन्द्रिय अध्यक्ष सहप्राध्यापक जगतप्रसाद तिमिल्सेनाले तोकिएकै मितिमा अधिवेशन हुने र समयको माग अनुसार संघलाई अगाडी बढाउन सक्ने खालको नेतृत्व चयन गर्नुपर्ने बताए । हरप्रकार समस्याहरु समाधान गर्नुपर्ने र त्यसका लागि अहिलेको अवस्थामा वर्तमान सचिव डा. विष्णुप्रसाद पोलरेललाई अध्यक्षमा ल्याउनु पर्ने बताउंदै उनले भने– सबै प्राध्यापक साथिहरु डा. विष्णुप्रसाद पोखरेललाई अध्यक्ष बनाउने अभियानमा लाग्नुस् ।
प्रजातन्त्रवादी प्राध्यापक संघ सिद्दार्थ गौतमबुद्द क्याम्पस इकाई अध्यक्ष तारा ज्ञवालीको अध्यक्षता र सचिव सुमन घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा सिद्वार्थ गौतमबुद्ध क्याम्पसका प्रमुख विष्णुप्रसाद राना, सहिद नारायण पोखरेल रामापुर क्याम्पसका प्राध्यापक प्रकाशमणि खनाल , प्राधपयापक शंकर आचार्य , प्रध्यापक तारा पराजुली, गोपाल चापागाई, यम शर्मालगायतले बोल्दै प्रजातान्त्रिक प्राध्यापक संघ नेपालको अध्यक्ष डा. विष्णुप्रसाद पोखरेललाई अध्यक्ष बनाउन समर्थन गरेका छन् । सहप्राध्यापक डा. विष्णुप्रसाद पोखरेल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको केन्द्रिय कोषाध्यक्ष हुंदै वर्तमान सचिव हुन् । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको केन्द्रमा रहेर १० वर्ष काम गरिसकेका डा. पोखरेल अनुभवी सहप्रध्यापक हुन् ।